काठमाडौँ । निजामती दिवस–२०८२ को अवसरमा हुलाक सेवा विभाग र नेपाल फिलाटेलिक सोसाइटीको सहआयोजनामा सप्ताहव्यापी हुलाक टिकट प्रदर्शनी सुरु गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकारको विश्वासिलो अङ्ग भएकाले सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताए।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले यस्ता प्रदर्शनीले नयाँ पुस्तालाई इतिहास र सेवाको महत्व बुझाउन सहयोग गर्ने बताए।
प्रदर्शनीमा रिदिमा शाक्य, सायरा खड्का, सरु श्रेष्ठलगायतका philatelistहरूले सङ्कलन गरेका ऐतिहासिक हुलाक टिकटहरू प्रदर्शनमा राखिएका छन्।














