Logo
Logo

नेपाल आर्ट एण्ड कल्चर फेस्टिबल सुरु, उपत्यका उत्सवमय


252
Shares

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजित ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिबल–२०२५’ आजदेखि सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद्, बबरमहलमा महोत्सव उद्घाटन गर्दै कला, संस्कृति र सम्पदाको संरक्षणमा सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचान अन्तरराष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले महोत्सवले नेपाललाई कला र सांस्कृतिक गन्तव्यका रूपमा चिनाउने विश्वास व्यक्त गरे।

काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरमा २३ दिन चल्ने महोत्सवमा १५४ कलाकारका २७३ कलाकृति, सांगीतिक कार्यक्रम, परम्परागत परिकार, नृत्य र जीवित संस्कृति प्रस्तुत गरिनेछ।

‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ नारासहित सुरु भएको महोत्सव असोज ११ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्