Logo
Logo

सिड्नीमा ‘सार्क’ को आक्रमणबाट एक व्यक्तिको मृत्यु


126
Shares

सिड्नी । अस्ट्रेलियाको उत्तरी सिड्नीको समुद्री किनारमा शनिवार एउटा शङ्कास्पद ‘सार्क’ले एक व्यक्तिलाई किच्दा मृत्यु भएको अस्ट्रेलियाली प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: death.gif

न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्ति जारी गर्दै ती व्यक्तिलाई बिहानै समुद्रबाट ‘लङ रिफ बिच’स्थित किनारमा लगिएको तर घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ ।

‘उत्तरी समुद्री तटमा सार्र्कको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ,’प्रहरीले भनेको छ । मृतकको नमूना फोरेन्सिक परीक्षणको लागि पठाइएको छ । 

सन् २०२२ मा लिटिल बेमा ३५ वर्षीय बेलायती डाइभिङ प्रशिक्षक सिमोन नेलिस्टको मृत्यु भएपछि सिड्नीमा सार्क आक्रमणको यो पहिलो घातक आक्रमण हो ।

यसअघि सन् १९६३ मा सो सहरमा सार्कले व्यापक आक्रमण गरेका थिए । पछिल्लो आक्रमणपछि उत्तरी उपनगर म्यान्ली र नार्राबीनबीचको प्रशान्त महासागरका समुद्री तटहरू ‘अर्को सूचना नभएसम्मका लागि’ बन्द गरिएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति गम्भीर घाइते भएको सूचना पाएपछि आपतकालिन सेवा घटनास्थलमा पुगेको थियो । नाम नखुलाइएका एक साहसिक डुङ्गा खेलका चालक ९सर्फर० का अनुसार पीडित महिला लङ रीफ र डी ह्वाइ समुद्री किनारको बीचमा डुङ्गामा घुमिरहेका थिए ।  

सिड्नीको डेली टेलिग्राफका अनुसार डुङ्गा चालकले भने, ‘चार–पाँच जना डुङ्गा चालकले उहाँलाई पानीबाट बाहिर निकाल्दा उनको शरीरको तल्लो भागको एउटा महत्त्वपूर्ण भागमा आक्रमण भएको जस्तो देखिन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्