
काठमाडौं । ट्रमा सेन्टरमा उपचाररत अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
अस्पताल स्रोतले केहीबेरअघि एक जनाको मृत्यु भएको जानकारी दियो । यसअघि सिभिल अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुको सनाखत भने हुन बाँकी छ । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।











