
कामाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई जनाको मृत्यु भएको पुष्टि गरे । यद्यपी मृत्यु हुने प्रहरीको नाम खुलाइएको छैन ।
जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा उनीहरुको मृतयु भएको बताइएको छ । बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको डीआईजी घिमिरेले बताए ।











