खाँदबारी, सङ्खुवासभा । जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको कर्फ्युआदेश आज साँझ ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कायम रहनेछ । कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ ।











