Logo
Logo

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को संव्रmमण परीक्षण पिसीआरका साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग यही भदौ २१ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशप्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहक, कर्मचारीलगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत र कोभिड–१९को पिसीआर परीक्षणमा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०२ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमति गरेको विज्ञप्तिमार्फत जनानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्