Logo
Logo

टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला


189
Shares

काठमाडौं । नेपालमा टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालिले पर्वको अवसरमा विशेष योजना ल्याएको छ । टाटा जेन्युइन पाट्र्स नेपालको सवारीसाधन बजारमा व्यावसायिक सवारी प्रयोगकर्ताहरूको विश्वासिलो छनोट बन्दै आएको छ ।

The current image has no alternative text. The file name is: tata-1.gif

यो विश्वासलाई थप बलियो बनाउन र ग्राहकहरूलाई पुरस्कृत गर्न कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको हो । पहिले देशको संवेदनशील परिस्थितिका कारण स्थगित भएको यो योजनालाई अब दसैँ, तिहार र छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” नामक विशेष योजनाका रूपमा पुनः सुरु गरिएको छ । 

यो योजनामा सहभागी ग्राहकहरूले प्रत्येक खरिदमा ग्यारेन्टीसहित रु। १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्नेछन् । साथै, लक्की ड्रमार्फत बजाज पल्सर १५० सिसी सहितका बम्पर उपहार र अन्य आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । 

टाटा जेन्युइन पाट्र्सले गाडीको इन्जिन, ब्रेक, क्लच जस्ता महत्त्वपूर्ण भागहरूलाई दीर्घकालीन संरक्षण प्रदान गर्छ । यी पाट्र्सले मर्मत खर्चमा बचत गर्नुका साथै गाडीको समग्र कार्यक्षमता र विश्वसनीयता अभिवृद्धि गर्छ ।

पुरस्कार योजना :

· रु. १,००,००० भन्दा बढीको खरिदमा – १५० सिसिको बजाज पल्सर (बम्पर उपहार)

· रु. ७५,००० भन्दा बढीको खरिदमा – १२५ सिसिको टिभिएस स्कुटर

· रु. २५,००० भन्दा बढीको खरिदमा – स्मार्ट टिभी

· रु. ५,००० भन्दा बढीको खरिदमा – स्मार्टफोन

प्रतिक्रिया दिनुहोस्