Logo
Logo

टिम बनाउन व्यस्त छु, फोन र मेसेज नगर्नु- शिक्षामन्त्री


441
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई फोन र मेसेज नगर्न अनुरोध गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै अनावश्यक फोन र मेसेज नगर्न भनेका हुन् ।

‘अनुरोध ! अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु,’ उनले भनेका छन्, ‘त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला ।’

यही असोज ६ गते शिक्षामन्त्रीमा नियुक्त भएका पुनले त्यही दिन विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका थिए ।

जसमा अन्तरिक्ष प्रविधि, न्युक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्