Logo
Logo

अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दुव्र्यसनी’ मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो ।

५४औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बालदिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराशन हुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले कोभिड–१९ को बहानामा विद्यार्थीहरुको एउटा शैक्षिकसत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराउनुभयो । उहाँले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरकार कसैले पनि कोभिडको बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्