Logo
Logo

कामना सेवा विकासको सोसियल मडिया बैंकिङ सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाइसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउनेजस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । बैंकका अध्यक्ष सुदीप आचार्यद्वारा फेसबुक लाइभका माध्यमबाट यो नवीनतम् प्रविधिमा आधारित केएसबीबीएल सोसियल मिडिया बैंकिङ प्लेटफर्मको शुभारम्भ गरेका हुन् ।

भाइबरको माध्यमबाट यी सुविधा प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्ने छ भने फेसबुकको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाउनुपर्ने हुन्छ । कोभिड–१९ को महामारीकोबीच सोसियल मडिया बैंकिङसेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई थप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहक महानुभावहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्