Logo
Logo

मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको दलले नै नाटकीय निर्णय गरेपछि सरकारको औचित्य सकिएकाले कांग्रेसले समर्थन फिर्ता लिनुपरेको मधेस कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए ।

उनले त्यही कारण आजैदेखि समर्थन फिर्ता लिने निर्णय गरेको बताए । उनीहरूले त्यसको जानकारी प्रदेशसभालाई गराइसकेका छन् ।

अब सरकार गठनका लागि उचित विकल्पमा छलफल हुने यादव बताउँछन् । पहिलो प्राथमिकता भने आफ्नै नेतृत्वमा सरकार बनाउने हुने उनको भनाइ छ ।

जेनजी आन्दोलन चर्किएपछि जनमतले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । निर्णयपछि जनमतले प्रतिपक्षमा बस्ने जानकारी प्रदेश सभामा गराइसकेको छ ।

मधेस प्रदेश सभामा पहिलो पार्टी रहेको एमालेको २३ तथा कांग्रेसको २२ सिट छ । त्यसपछिका जसपा नेपालको १९ र जनमत पार्टीको १३ सिट छ ।

प्रतिक्रिया दिनुहोस्