Logo
Logo

अर्थमन्त्री खनालद्वारा क्षतिग्रस्त आन्तरिक राजस्व कार्यालयको निरीक्षण


504
Shares

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययितासम्बन्धी मन्त्रिपरिषद्को निर्णय सबै क्षेत्रमा लागू हुने स्पष्ट पारेका छन् ।

उनले हालै जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको आज निरीक्षण गर्नुभएको हो । सो अवसरमा कार्यालय प्रमुख केशव उप्रेतीले क्षतिको विवरण अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री खनालले सेवा प्रवाहमा अवरोध नहोस् भन्नेसोचले कर्मचारीहरूले सवारीसाधन पार्किङका लागि बनाइएको टहराबाटै सेवाग्राहीलाई सेवा दिइरहेको दृश्य पनि अवलोकन गरेका छन् ।

यसअघि मन्त्रिपरिषद्ले असोज ५ गते आर्थिक मितव्ययिता सम्बन्धी विभिन्न निर्णयहरू गरेको थियो, जसलाई सबै निकायमा कार्यान्वयन गरिने मन्त्री खनालले स्पष्ट पारे।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, मन्त्री खनाल आज रानी विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुनेछन् । साथै, आज अपराह्न उहाँ मोरङ व्यापार संघमा उद्योगी तथा व्यापारीहरूसँग हुने छलफलमा पनि सहभागी हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्