Logo
Logo

नेप्सेमा नेतृत्वविरुद्ध कर्मचारी आन्दोलन, राजीनामाको माग


315
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डामा काम गरेको आरोप लगाउँदै नेप्सेका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारी संगठनले दुवैजनाले राजीनामा दिनुपर्ने माग गर्दै कालोपट्टी बाँध्ने, धर्ना बस्ने र कार्यकक्षमा तालाबन्दीगर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलन सुरु भए पनि नियमित काम भने प्रभावित भएको छैन ।

युनियनका अध्यक्ष नवराज थापाका अनुसार, मंगलबार उच्च व्यवस्थापनसँग छलफल भए पनि समाधान नआएपछि बुधबारदेखि औपचारिक आन्दोलन घोषणा गरिएको हो । कर्मचारीहरूले अध्यक्ष बस्यालले विगतमा २५ लाख भुक्तानीको बदला लिन नेप्सेमा प्रवेश गरेको आरोपसमेत लगाएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत भदौ २० गते बस्याल र चापागाईंलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्