Logo
Logo

आगजनी, तोडफोड र लुटपाटका घटनाको अनुसन्धानमा सहयोग गर्न प्रहरीको अनुरोध


945
Shares

गण्डकी । जिल्ला प्रहरी कार्यालय , कास्कीले भदौ २३ र २४ गते ‘ जेनजी ’ आन्दोलनका क्रममा कास्कीमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ ।

प्रहरीले उक्त घटनासँग सम्बन्धित सीसी टिभी फुटेज , भिडियो , फोटो , भ्वाइस रेकर्ड लगायतका प्रमाणहरू उपलब्ध गराउन आग्रह गरेको छ । साथै , सुरक्षा निकायका हातहतियार वा लुटिएका सामग्रीहरू लुकाइएको भए खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै अनुसन्धानमा सघाउने व्यक्ति वा संस्थाको पूर्ण गोपनीयता कायम गरिने स्पष्ट पारेको छ ।

उक्त आन्दोलनका क्रममा सुरक्षा निकाय, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । विशेषतः पोखरास्थित तीनै तहका सरकारका अधिकांश कार्यालय भवनहरू क्षतिग्रस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्