काठमाडौँ । उपत्यका आसपासका बागमती , विष्णुमती , बल्खु , धोविखोला लगायत अधिकांश नदीमा दिउँसोदेखिको लगातार वर्षापछि बाढी आएको छ।

जल तथा मौसम विज्ञान विभागले वर्षा जारी रहेमा जल सतह थप बढ्न सक्ने भन्दै नदी किनार आसपास बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। काठमाडौँ क्षेत्रमा हाल पनि वर्षा जारी छ।











