Logo
Logo

कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय


1.5k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने जानकारी दिए । आजैबाट अब मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्