Logo
Logo

नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति


189
Shares

काठमाडौं । नेपालमा छेपारो गेक्कोका दुई नयाँ प्रजाति फेला परेका छन् । संरक्षणकर्मी सन्तोष भट्टराईको टोलीले मकवानपुरगढी मकवानपुर र हरिहरपुर सिन्धुली चुरे क्षेत्रमा ती प्रजाति पत्ता लगाएको हो ।

यी प्रजातिहरू मकवानपुरगढी वेन्ट–टोड गेक्को र चुरे वेन्ट–टोड गेक्को नामकरणसहित हालै अन्तरराष्ट्रिय जर्नल जुकीज मा प्रकाशित भएका छन्।

यी प्रजाति विश्वमै नयाँ मानिएका छन्। नेपालमा भेटिएका गेक्को प्रजातिको संख्या अब सात पुगेको छ, जसमध्ये पाँच भट्टराईको टोलीले पत्ता लगाएको हो।

विशेषज्ञहरूका अनुसार यी छेपारोले फट्याङ्ग्रा खाएर कृषि र पारिस्थितिकी प्रणाली सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्छन्।

टोलीमा नेपाल, भारत र अष्ट्रेलियाका अनुसन्धानकर्ता सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्