Logo
Logo

राजीनामा दिएर नेतृत्वमा नआउने सङ्कल्प गर्न प्रचण्डलाई जनार्दनको सुझाव


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्वमा लामो समय एउटै व्यक्ति रहँदा जेनजी आन्दोलन भएको निष्कर्ष निकाल्दै अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिएर अर्को कार्यकालमा नेतृत्व नलिने सङ्कल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

The current image has no alternative text. The file name is: Prachand-Janardan.jpg

केन्द्रीय कमिटी बैठकमा पेस गरेको १० बुँदे प्रस्तावमा शर्माले जेन९जी आन्दोलनले उठाएका भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारवादविरुद्धको आवाज र नेतृत्व हस्तान्तरणको मागलाई प्रमुख एजेन्डा बनाएका छन् ।  उनले यी विषयले देश, समाज र विश्वको ध्यानाकर्षण गरेको उल्लेख गरे ।

शर्माले विगतदेखि नै पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाउँदै आएको बताए । उनले २०-३० वर्षदेखि नेतृत्वमा रहेकाहरूले राजीनामा दिनुपर्ने र आगामी महाधिवेशनमा निर्वाचनमा भाग नलिने निर्णय गर्नुपर्ने सुझाए । उनको प्रस्तावमा अध्यक्ष प्रचण्डलगायत सबै पदाधिकारीले एकसाथ राजीनामा दिएर ‘निर्देशक कमिटी’ गठन गरी नयाँ पुस्तालाई सहयोग गर्ने संयन्त्र बनाउनुपर्ने उल्लेख छ ।

यो कमिटीले महाधिवेशनबाट निर्वाचित नयाँ युवा नेतृत्वलाई सघाउने प्रतिबद्धता जनाउनुपर्ने  शर्माको प्रस्ताव रहेको छ । शर्माले यो कदमले पुरानो नेतृत्वको योगदान र सम्मान कायम राख्दै पार्टीमा नवजीवन सुनिश्चित गर्ने बताए ।

शर्माको लिखित प्रस्ताव पढ्नुहोस् 

प्रतिक्रिया दिनुहोस्