काठमाडौं । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्प्सनले आज शिष्टाचार भेट गर्नु भयो ।

सञ्चार मन्त्रालयमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र नेपाल–अमेरिका सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ ।
मन्त्री खरेलले जेनजीको प्रदर्शनपछि बदलिएको राजनीतिक परिस्थिति र सरकारका प्राथमिकताबारे राजदूत थम्प्सनलाई जानकारी गराउनुभएको थियो ।
भेटका क्रममा राजदूत थम्प्सनले मन्त्री खरेललाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।














