Logo
Logo

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था मिलाउने सरकारको तयारी


315
Shares

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ ।  

The current image has no alternative text. The file name is: susila-2.gif

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो जानकारी दिएकी हुन् । उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु भएका नेपाली नागरिकलाई विदेशबाट मतदाता गर्न पाउने सम्भावनाका बारेमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ ।’

उनले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक पर्ने जनशक्ति बजेट, सुरक्षा र कानुनी पक्षका विषयमा निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको प्रारम्भिक काम सुरु गरेको बताइन्।

‘१८ वर्ष पुगेका मतदतालाई निर्वाचनमा सहभागी हुन पाउने गरी मतदाता नामावलीमा नाम दर्ता गराउन अध्यादेश जारी भइसकेको छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्