काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी आमा शारदा लेखकको उपचारको क्रममा आज निधन भएको परिवार स्रोतले जनाएको छ ।

८९ वर्षीया आमा शारदाको ह्यम्स अस्पतालमा उपचारका क्रममा बिहीबार चार बजे निधन भएको हो । स्वर्गीय लेखकको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।














