Logo
Logo

जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि राष्ट्रपति पद छोड्ने 


2.1k
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि राष्ट्रपति पदबाट राजीनामा दिने र अर्को राष्ट्रपति चुनावमा उम्मेदवारी नदिने बताएका छन् । एक अन्तर्वार्तामा उनले युद्ध अन्त्य गर्नु आफ्नो मुख्य लक्ष्य भएको र त्यसपछि पद छोड्ने योजना रहेको बताएका छन् । 

जेलेन्स्कीले भने, ‘मैले देशको सेवा गर्न राष्ट्रपति पद सम्हालेको थिएँ, र अब कठिन समयमा देशको नेतृत्व गरेपछि पद त्याग्ने समय आएको छ ।’ हालैको एक सर्वेक्षणले युक्रेनी सशस्त्र सेनाका पूर्व कमाण्डर-इन-चीफ भ्यालेरी जालुज्नीलाई जेलेन्स्कीभन्दा बढी समर्थन रहेको देखाएको छ। सर्वेक्षणमा ३५ प्रतिशतले जालुज्नीलाई र २५ प्रतिशतल जेलेन्स्कीलाई समर्थन गरेका छन् ।  यद्यपि, जेलेन्स्कीले चुनावमा बलियो सम्भावना कायम राखेका छन् ।

युक्रेनमा सन् २०१९ मा भएको राष्ट्रपति चुनावपछि जेलेन्स्कीको कार्यकाल मे २०, २०२४ मा समाप्त भएको थियो । तर, युद्धका कारण नयाँ चुनाव हुन सकेन, र मार्शल लको अवस्थामा युक्रेनी संविधानको धारा १०८ अनुसार उनको कार्यकाल लम्ब्याइएको छ, जसले नयाँ राष्ट्रपतिले पदभार नग्रहरेसम्म वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिने व्यवस्था गर्छ । 

मिडिया रिपोर्टहरूका अनुसार, युक्रेनी सरकारले राष्ट्रपति चुनावको तयारी गरिरहेको छ, तर मिति अझै तय भएको छैन । यो घोषणा रुस-युक्रेन युद्ध जारी रहेको बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्