Logo
Logo

वर्षाको सम्भावनापछि मोरङमा सेनाको हेलिकप्टर तयारी अवस्थामा


945
Shares

मोरङ । मोरङका केशलिया, सिंगिया र दरैया खोल आसपासका बस्तीमा बाढी र सम्भावित प्रकोपबारे माइकिङमार्फत सचेत गराउने निर्णय भएको छ । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: cena.gif

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आवश्यक परे बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ । जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन लामो दूरीका बस सेवा स्थगन गर्ने निर्णय गरिएको छ । विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार जिल्लाका सबै स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समितिहरू सक्रिय रहनेछन् ।

स्थानीय स्वयंसेवक, गैरसरकारी संस्था र निजी क्षेत्रलाई सहभागिताका लागि आह्वान गरिएको छ । प्रकोप व्यवस्थापनलाई सुदृढ बनाउन नेपाली सेनाको टोलीसहित हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । सुरक्षा निकायका पदाधिकारी सम्मिलित कमान्ड पोस्ट निरन्तर सञ्चालनमा रहने भएको छ ।

उच्च जोखिमयुक्त स्थानमा सुरक्षा निकायलाई सचेत गराइएको छ भने ठूला अस्पताल र स्वास्थ्य संस्थालाई आपतकालीन सेवाका लागि तयार रहन निर्देशन दिइएको छ । विपद् व्यवस्थापनका लागि नेपाल प्रहरीको टोल फ्री नं.१००, सशस्त्र प्रहरीको १११४ र अन्य पदाधिकारीका सम्पर्क नम्बर सार्वजनिक गरिएको छ । उद्धार र प्रतिकार्यका लागि हेभी इक्विपमेन्ट डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई सक्रिय रहन आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्