Logo
Logo

सिटी एक्सप्रेसमनी ट्रान्स्फरले ल्यायो सिटी एक्स्प्रेस गल्बन्दी टिक–टक च्यालेन्ज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेसमनी ट्रान्स्फरले देश बिदेशमा रहेका टिकटक प्रयोगकर्ताका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्ज’को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित रहन सफल ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गल्बन्दी टिकटक च्यालेन्जको आयोजना गरेको छ ।

सो च्यालेन्जमा सहभागी हुनेमध्ये प्रथम, द्वितीय तथा तृतीय उत्कृष्ट भिडियोले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार पाउने छन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई रु ५०० बराबरको मोबाइल टपअप प्रदान गरिने जनाएको छ । भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरिसक्नुपर्नेछ । जसको नतिजा असोज २० गते प्रकाशन गरिने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्