Logo
Logo

कामना विकास बैंकको अध्यक्षमा आचार्य


378
Shares

काठमाडौं । कामना विकास बैंकको अध्यक्षमा सुदीप आचार्य नियुक्त भएका छन् । २४ गते बसेको १९औँ वार्षिक साधारणसभाले अध्यक्षमा आचार्यलाई चयन गरेको हो ।

त्यसअघि संस्थापक समूहअन्तर्गत सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र सर्वसाधारण समूहअन्तर्गत प्रतिनिधित्व गर्ने तीन जना निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।

यसअनुसार संस्थापकबाट सुदीप आचार्य, भीम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट विश्वेश्वर सुवेदी, बलराम बराल र पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

सोहीमध्ये आचार्य अर्को बैठकबाट सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्