जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दुईजनाले दाबी पेस गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल र नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका हुन् ।

सोनल ६ राजनीतिक दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ५७ सांसदको हस्ताक्षर रहेको दाबी पेस गरेका छन् । दाबी पेस गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् ।
यता, कांग्रेस नेता यादवले ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् । नेपाली कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
जमतले सरकार बनाउन कित्ता फेरिसकेका छन् । सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत पुगेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिएको छ। यसअघि साना ५ दलले सरकार बनाउन दाबी पेस गरेका थिए।











