Logo
Logo

कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्दै प्रधानमन्त्री


126
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्दैछिन् । नेपालको वर्तमान अवस्थाबारे ब्रिफिङ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् ।

बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने छ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ ।

बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिम सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ ।

प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् । मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ । उनले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सकिरहेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्