Logo
Logo

प्रहरीले गर्यो ८५ वटा गाडी किन्न टेण्डर आह्वान


1.5k
Shares

काठमाडौं । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ र १० वटा विद्युतीय पिकअफ गाडी किन्नका लागि टेण्डर आह्वान गरेको हो ।

टेण्डरदाताले ९ कात्तिक (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन सक्ने छन् । विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र नेपाल प्रहरी प्रधान कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ ।

प्रहरीका अनुसार टेण्डरहरू १४ कात्तिक (३१ अक्टोबर) मा अपराह्न २ बजे खोलिने छन् । टेण्डरहरू बैंक ग्यारेन्टीसहित पेस गर्नुपर्ने र उक्त ग्यारेन्टी टेण्डर वैधता अवधि भन्दा ३० दिन बढीको हुनुपर्ने छ ।

जेनजी आन्दोलन क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा प्रहरीको गाडी जलाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्