Logo
Logo

जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी


378
Shares

काठमाडौं । गत भदौ २४ मा भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिब ४ सय हतियार मात्रै भेटिन बाँकी रहेको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार, हराएकामध्ये करिब ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएका छन् ।

The current image has no alternative text. The file name is: geng.jpg

गृह मन्त्रालय सम्बद्ध स्रोतका अनुसार, हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् । अर्थात् आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् ।

तीमध्ये कतिपय हतियार लुकाएको ठाउँबारे सूचना संकलन गर्ने प्रयास भइरहेको भन्दै गृहप्रशासनले विशेष अपरेशन चलाएर भएपनि तिनलाई फिर्ता ल्याउने प्रयास गर्नेबारे गृहकार्य गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्