काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई पटक-पटक थुन्ने प्रयास गरेको बताएका छन् ।

दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकारले मलाई पटक-पटक थुन्ने प्रयास गरिरहेको छ । त्यसका लागि मिटिङ र छलफल गरिरहेका छन् ।’










