Logo
Logo

ओलीले अध्यक्षबाट राजीनामा नदिने 


2.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने बताएका छन् । बुधवारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उनले आफूले अहिले नै राजीनामा नदिने बताएका हुन् । ओलीले आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: kp-sharma-oli.jpg

‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भने, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ । मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ । मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔँ । मित्रताका साथ जाऔँ ।’

उनले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताए । जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलका नेतृत्वहरूलाई राजिनमा दिएर युवापुस्तालाई अवसर दिन दबाब छ । यसैबीचमा नेपाली काँग्रेसका सभापति देउवाले पार्टीको नेतृत्व छोडेका छन् । एमालेमा ओलीको राजीनामा लिएर विभिन्न केन्द्रीय सदस्यहरूले प्रस्ताव नै राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्