Logo
Logo

धान भित्र्याउन किसानलाई भ्याइनभ्याई, उचित मूल्य नपाउँदा गुनासो


0
Shares


सुदूरपश्चिम । सुदूरपश्चिमका किसान अहिले धान भित्र्याउन अत्यन्त व्यस्त छन् । दशैँमा परेको वर्षाले धान काट्न ढिलाइ हुँदा अब मौसम सुध्रिएपछि किसान खेतमै व्यस्त छन् ।

The current image has no alternative text. The file name is: dhan-2.jpg

कैलालीका चेतराज भट्टका अनुसार यस वर्ष धान उत्पादन राम्रो देखिए पनि केही क्षेत्रमा रोग–कीराको असर परेको छ।

दसैँमा पानी परेपछि भिजेको धानले क्षति पुर्‍याएको थियो । चाडपर्व नजिकिँदै गर्दा किसानले भण्डारणका लागि धान भित्र्याइरहेका छन् । तर, कञ्चनपुरका केशव पाठकजस्ता किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीहरूले नयाँ धानको प्रतिक्विन्टल मूल्य करिब २६०० रूपैयाँ मात्रै तोक्दा खर्च जोहो गर्न कठिन भएको उनीहरूको भनाइ छ।

सुदूरपश्चिममा नयाँ धानबाट बनेका परिकारहरू चाडपर्वमा देवीदेवतामा चढाउने चलन छ। प्रदेशका तराई र पहाडी जिल्लामा गरी झण्डै १ लाख ८० हजार हेक्टरमा धानखेती हुने गरेको छ। आधुनिक कृषि औजार प्रयोगले उत्पादनमा सहजता आएको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्