Logo
Logo

चुनाव गराउन सबै पक्ष जिम्मेवार बन्न प्रधानमन्त्रीको अपिल


378
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार र एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन् । 

The current image has no alternative text. The file name is: susila-2.jpg

शनिवार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि उनले यस्तो आग्रह गरेकी हुन् । ‘फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ,’ प्रधानमन्त्री कार्कीले एक्समा लेखेकी छन्, ‘सहज र सफल निर्वाचनका लागि सबै पक्ष जिम्मेवार बनौँ र एकताबद्ध भएर काम गरौँ ।’

राष्ट्रपति पौडेल, गृहमन्त्रीलगायत मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे गहन समीक्षा भएको उनले बताएकी छन् । प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा प्रबन्ध मिलाउन तयार रहेको जानकारी दिएको उल्लेख गर्दै निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाट पहल भइरहेको र दलहरूसँग संवाद सुरु भएको जानकारी पनि दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्