Logo
Logo

रास्वपाको सचिवालयमा थपिए चार नयाँ सदस्य


1.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा चार जना नयाँ सदस्य थपेको छ । पार्टी विधानको धारा २६ अनुसार सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन् ।

सभापतिको सिफारिसमा गरिएको यो निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत गरिएको थियो । नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधिसभाका सदस्य हुन् ।

रास्वपाको विधान अनुसार पार्टी सचिवालयमा अधिकतम २५ जना सदस्य रहन सक्ने प्रावधान छ । त्यसैको आधारमा सचिवालय विस्तार गरिएको हो । यसअघि रास्वपामा १० जना सचिवालय सदस्य मात्र थिए । नयाँ चार सदस्य थपिएपछि अहिले सचिवालयको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्