
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरुसँग अन्तरक्रिया गर्दैछन् । सत्ताच्युत भएपछि वर्तमान सरकारविरुद्ध कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका ओलीले आज पत्रकारहरुसँग छलफल गर्न लागेका हुन् ।
दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्यूमा पत्रकारहरुसँग अन्तरक्रिया हुने उनको सचिवालयले जानकारी दिएको छ ।
यसअघि एमाले केन्द्रीय कमिटीको तीन दिने बैठक पनि रामबाग महलमै भएको थियो ।










