Logo
Logo

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ


1.1k
Shares

काठमाडौं । खोटाङमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

आफैँले पढाउँदै आएकी १३ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको आरोपमा ऐसेलुखर्क गाउँपालिका –१ राखा बाङ्देलको एक सरकारी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका हुन् । पक्राउ पर्ने शिक्षकको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रहरी निरीक्षक राजु विष्टले दिएको जानकारी अनुसार करिब ५० वर्षीय ती शिक्षकलाई गएको असोज २२ गते नै पक्राउ गरिएको हो । उनले ती छात्रालाई विद्यालयमै पटकपटक बलात्कार गरेको आरोप छ ।

असोज २२ गते किशोरीका आफन्तले जाहेरी दिएपछि पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्