Logo
Logo

अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न नेकपाको माग


567
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेका छन् ।

हालै बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले यो सरकार रहस्यमय तरिकाले बनेको भन्दै यसलाई खारेज गरेर नयाँ अन्तरिम सरकार गठन गर्न माग गरेका हुन् । साथै उनले जेनजी विद्रोह आफ्नो राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको पनि बताए ।

‘जेनजी आन्दोलनले संसद् भङ्ग र अन्तरिम सरकार गठन गर्यो । तर, आन्दोलनको मर्म र उद्देश्य पूरा गर्ने खालको भएको छैन,’ उनले भने, ‘यहाँ फेरि नयाँ षड्यन्त्रहरू देखिँदै छन् । अन्तरिम सरकार जेनजी मागको अनुरूप भएको छैन । यो सरकार बन्दै रहस्यमय तरिकाले बनेको छ ।

उनले राजनीतिक दलहरू पनि आफ्नो समर्थनमा यो सरकार बनाएको भनेर समर्थन गर्न कुनै पनि तयार नभएको बताए । मन्त्रीहरू पनि जेनजी आन्दोलनको भावना विपरीत आए भन्ने कुरा उठेको पनि बताए । उनले भने, ‘यो सरकारलाई खारेज गरेर सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्