काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको चिन्ता आफूले मात्रै लिनुपर्दा दुख लागेको बताएका छन् । आइतबार राजधानीमा सम्पादकहरूसँगको छलफलमा उनले आफू ७३ वर्षको भइसकेको उल्लेख गर्दै देशप्रति सबैले जिम्मेवारी लिनुपर्ने बताए ।

‘देश मेरो मात्रै होइन । म ७३ वर्षको भइसकेँ। मैले मात्रै दुख पाउनुपर्नेरु मभन्दा लामो आयु बाँच्ने धेरै छन्,’ओलीले भने, ‘उनीहरूले देशको बारेमा मेरोभन्दा बढी चिन्ता लिनुपर्छ। मसँग किन रिस उठ्छ, थाहा छैन । मैले भ्रष्टाचार गरेको छैन ।’
उनले नेपालमा राजनीतिक दल र नेताहरूप्रति नागरिकमा घृणा रहेको स्वीकार गरेका छन् । ‘नेपालमा राजनीति, दल र नेताहरूप्रति घृणा छ । अनुभव नभएका मान्छेले ओलम्पिकमा छनोट किन गर्नुप¥योरु जेनजी पठाऔं न,’उनले व्यङ्ग्य गरे ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ संकेत गर्दै उनले कानुन पढेका व्यक्तिहरू मन्त्री र प्रधानमन्त्री बनेको टिप्पणी गरे । ‘कानुन पढेर कोही न्यायाधीश, कोही प्रधानमन्त्री, कोही मन्त्री बनेका छन्,’ उनले भने । भदौ २३ मा बानेश्वरमा भएको गोलीकाण्डबारे बोल्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलेको सुनेपछि तत्काल गृहमन्त्रीलाई फोन गरेर जानकारी लिएको बताए ।
‘गृहमन्त्रीले रबरको गोली चलेको भने, तर केहीबेरमै विद्यार्थीको मृत्यु भएको खबर आयो । यो घटनाले मलाई निकै दुखी बनायो,”’उनले भने । उनले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोगको आवश्यकता किन प¥यो भन्दै प्रश्न गरे । ‘के परिस्थिति आयो र विद्यार्थी मारिनुप¥योरु प्रहरीले कति रोके, कति छेकेरु’ उनले भने ।
ओलीले भदौ २३ को घटनालाई भदौ २४ मा भएको आगजनी, तोडफोड र लुटपाटको तयारीका रूपमा चित्रण गरे । उनले सोही रात मन्त्रिपरिषद् बैठक बसेर न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरेको उनले बताए । ‘यो असाधारण घटना हो, छानबिन हुनैपर्छ,’ उनले भने । ओलीले आफूलाई थुनामा राख्ने डर देखाइए पनि आफू नडराएको बताए । उनले बङ्गलादेशमा ८५ वर्षका व्यक्तिलाई नेता बनाएको उदाहरण दिँदै उमेरको बहसलाई असान्दर्भिक रहेको बताए । साथै, आफूले कुनै भ्रष्टाचार नगरेको दाबी गर्दै सम्पत्ति छानबिन गर्न चुनौती दिए ।










