काठमाडौं । काठमाडौंको तीनकुनेमा जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

जेनजी आन्दोलनका घटनाहरूको अध्ययन गरिरहेको टोलीले भिडियो फुटेजको आधारमा घिसिङलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका अनुसार, उनीमाथि अनुसन्धान भइरहेको छ ।










