Logo
Logo

आन्दोलनबाट संविधान फालेर राजसंस्था कायम गरौं: धवल शम्शेर


504
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणाले आन्दोलनमार्फत संविधान परिवर्तन गरी राजसंस्था पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । शाही युवा शक्ति नेपालले शनिवार सामाखुसीमा आयोजना गरेको कार्यक्रममा बोल्दै ‘संयुक्त जनआन्दोलन समिति’का कार्यवाहक अध्यक्षसमेत रहेका राणाले चुनावभन्दा आन्दोलनमा जोड दिनुपर्ने बताएका हुन् । 

The current image has no alternative text. The file name is: dhawal.jpg

उनले भने, ‘जेनजी दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो अनुरोध छ, यदि दुई-तीन महिनापछि चुनाव भयो भने भ्रष्टाचार र आन्दोलनका कारण देश गरिबीको रेखामुनि पुग्नुका जिम्मेवार पुरानै नेता र पार्टीहरू फेरि सत्तामा आउने सम्भावना छ।’राणाले फागुन २१ को प्रतिनिधिसभा चुनावभन्दा आन्दोलनलाई प्राथमिकता दिनुपर्ने बताए । 

उनले भने, ‘हामीले चुनावमा भन्दा आन्दोलनबाट राजसंस्था स्थापना गरौँ, यो संविधान र प्रदेश संरचना खारेज गरौँ, स्थानीय तहको सङ्ख्या घटाऔँ । नेताहरू पाल्न देशको सम्पत्ति खर्च गर्नुहुँदैन । राजासहितको हिन्दु राष्ट्र स्थापनाका लागि आन्दोलन आवश्यक परे हामी तपाईँहरूसँगै हुनेछौँ ।’ उनले मुलुकमा शान्ति र समृद्धिका लागि जनता पुनः घरघरबाट आन्दोलनमा उत्रनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्