
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा पार्टीबाट महासचिव पोखरेल र उपमहासचिव ज्ञवाली सहभागी हुने तय भएको जानकारी दिए । उनले भने, ‘उहाँहरुले बैठकमा पार्टीको स्पष्ट धारणा त्यहाँ राख्नु हुनेछ ।’
प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका सम्बन्धमा आज दिउँसो ४ बजे राष्ट्रिय मान्यता पाएका ७ दलसँग छलफल गर्दैछिन् । विघटित संसदमा प्रतिनिधित्व गर्ने दलबाट २–२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाइको छ ।
जेनजी आन्दोलनका क्रममा केपी ओसी नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारले आगामी फागनु २१ गते निर्वाचन गर्नुपर्ने म्याण्डेट पाएको छ । सोही वियषमा छलफल गर्न प्रधानमन्त्रीले आज दलहरुसँग छलफल गर्न लागेकी हुन् ।
यता एमालेले भने निर्वाचन हुने वातावरण मुलुकमा नरहेको भन्दै विघटित संसद् नै पुनःस्थापना हुनुपर्ने अडान राख्दै आएको छ ।










