
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरस्थित महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो ।
विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
इजरायलबाट सोमबार काठमाडौं हुँदै नेपाली सेनाको स्काइ ट्रकबाट भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । राति अबेर घरमा शव ल्याइपु¥याइएकाले आज बिहान शवयात्रासहित महाकाली नदी किनारमा लगेर अन्त्येष्टि गरिएको हो ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो ।










