Logo
Logo

नेपाल संवतका तीन कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री


315
Shares

काठमाडौं । आजबाट नेपाल सवंत ११४६ सुरु भएको छ । नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने यस संवतका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सोही अवसरमा प्रधानमन्त्री सुशीला कार्की तीनवटा फरक फरक कार्यक्रममा सहभागी हुँदैछिन् ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्की बिहान ७ बजे ललितपुरको मंगलबजार पुग्ने कार्यतालिका छ ।

त्यस्तै पौने ९ बजे भक्तपुरमा आयोजित कायक्रममा सहभागी हुनेछिन् । मध्यपुर थिमीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुने रावलले बताएका छन् ।

त्यसपछि लगत्तै प्रधानमन्त्री कार्की काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा सहभागी हुनेछिन् । उनी बिहान साढे ९ बजे बसन्तपुरमा सहभागी कार्यक्रममा सहभागी हुन पुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सवंत्को सुरुवात गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्