Logo
Logo

बढी भाडा असुल्ने १९ सवारी चालक कारबाहीमा


189
Shares

काठमाडौं । ट्राफिक प्रहरीले तिहारमा उपत्यकाबाट बाहिरिने यात्रुहरूसँग धेरै भाडा असुल्ने १९ वटा यात्रुवाहक सवारीसाधनलाई कारबाही गरेको छ ।

मंगलबार चेकजाँच गर्दा धेरै भाडा असुलेको भेटिएपछि १९ वटा यात्रुका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

चाडपर्वको मौका छोपेर तोकिएको भन्दा धेरै भाडा असुलेको थाहा पाएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जानकारी गराउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।

बढी भाडा असुल्ने चालकलाई यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने कानुनी व्यवस्था छ । चाडपर्वका अवसरमा सवारी साधन नपाइने तथा पाएपनि सवारी चालकहरुले बढी भाडा माग्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्