Logo
Logo

तोकिएको समयमै निर्वाचन हुनुपर्छ : प्रचण्ड


378
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तोकिएको समयमा हुनुपर्ने बताएका छन् ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका हुन् उनले निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह समेत गरे ।

‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ’ उनले भने, ‘हिजो मात्रै दलहरूसँग भएको वार्ताबाट सरकार विस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको आभास मिल्छ, तर अझै पनि आवश्यक वातावरण बनेको छैन ।’

प्रचण्डले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले अब सबै दलहरू निर्वाचनमै केन्द्रित हुनुपर्ने बताए ।

निर्वाचनमा केन्द्रित हुनुपर्छ भनेर निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र नै रहेको दाबी गर्दै उनले जेनजी आन्दोलनपश्चात् काठमाडौं उपत्यका बाहिर मधेश प्रदेशमा आएर सार्वजनिक कार्यक्रम गर्ने पहिलो पार्टी भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्