Logo
Logo

ट्रम्पले गरे क्यानडासँग व्यापार वार्ता अन्त्यको घोषणा


1.1k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता रद्ध गरेको घोषणा गरेका छन्।

ट्रम्पले क्यानडाले पूर्वअमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई करको विरुद्धमा बोलेको देखाइएको विज्ञापन चलाएपछि क्यानडासँगको वार्ता रद्ध गरेको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘उनीहरूको अत्यन्तै अनुपयुक्त व्यवहारको आधारमा क्यानडासँगको सबै व्यापार वार्ता तुरुन्तै समाप्त गरिएको छ ।’

गत हप्ता क्यानडाले जारी गरेको एक मिनेटको विज्ञापनमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको आवाज सुन्न सकिन्छ । जसमा अमेरिकी र क्यानेडियन झण्डाले सजाइएको क्रेनहरू र न्यूयोर्क स्टक एक्सचेन्जको झलकहरू बीचमा बोल्दै गरेको देखाइएको छ ।

भिडियोमा १९८७ मा रेगनले गरेको राष्ट्रिय रेडियो सम्बोधनको अंश समावेश छ, जुन विदेशी व्यापार र आर्थिक साझेदारीमा केन्द्रित थियो । ट्रम्प प्रशासनले हालै क्यानडाबाट आयात गरिएका सामानहरूमा ३५ प्रतिशत कर लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्