Logo
Logo

सोलुखुम्बु गाडी दुर्घटनाः मृतक तीन जनाकै सनाखत


378
Shares

काठमाडौं । सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ । बिहीबार साँझ बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु र ६ जना घाइते भएका थिए ।

जसमा मृत्यु हुनेमा सोलुखुम्बु महाकुलुङ– ३ बस्ने १७ वर्षीया निर्जला राई, छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राई रहेका छन् ।

उनीहरु तीनै जनाको आज बिहान सनाखत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।

माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको ११ जना सवार बोलेरो गाडी सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको थियो

प्रतिक्रिया दिनुहोस्