Logo
Logo

दृष्टिलाई प्रेस काउन्सिलको सम्मान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असोज । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै लोकतान्त्रिक व्यवस्था सुदृढीकरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्छ भन्नुभयो ।

पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका चार जना वरिष्ठ पत्रकारहरुको सम्मानमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले सूचना प्रविधिको विकाससँगै त्यसको दुरुपयोगले विश्वव्यापीरुपमा चिन्ता बढाएको हुँदा प्रेस काउन्सिल जस्ता संस्थाले आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सही सूचना र विश्लेषणले मात्र सभ्य समाज निर्माणमा योगदान पु¥याउने भएकोले तथ्यहीन, भ्रामक र व्यक्तिको चरित्र हत्या गर्ने पत्रकारितालाई काउन्सिलले निरुत्साहित बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई तानसेन नगरपालिकाद्वारा स्थापित पुष्पलाल राष्ट्रिय पत्रकारिता पुरस्कार, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई गोपालदास पत्रकारिता पुरस्कार, सेतोपाटीका अमित ढकाललाई प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्