Logo
Logo

जेनजी प्रदर्शनमा लुटिएका ५५६ हतियार अझै भएन फिर्ता


315
Shares

काठमाडौँ । गत २४ भदौको जेनजी प्रदर्शनका क्रममा लुटिएका मध्ये ५५६ थान हतियार अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका विभिन्न कार्यालयमा तोडफोड र आगजनी हुँदा कुल एक हजार २७६ थान घातक हतियार लुटिएका थिए । त्यसमध्ये ७२० थान हतियार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सक्रियतामा फिर्ता ल्याइएको छ ।

प्रहरीका अनुसार बाँकी ५ ५६ थान हतियार अझै फिर्ता वा बरामद हुँदा बाँकी रहेको हो । प्रहरीका अनुसार इन्सास र एसएलआरजस्ता २८५ नाल ठूला पेस्तोल र २७१ नाल साना हतियार अझै फेला नपरेको हो ।

त्यस्तै, २८ कारागार तथा बाल सुधार गृहबाट कुल १४ हजार ४३ जना कैदी बन्दी र थुनुवा भागेका थिए। तीमध्ये करिब ५ हजार अझै पक्राउ परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्